पाँचथर: पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-३ बाट दुई जना गर्भवती महिलालाई हेलिकप्टरमार्फत सोमबार काठमाडौंको प्रसूति गृहमा पठाइएको छ।

Nepalitheme
Pasupati Ayurvedic

मेमेङ स्वास्थ्य चौकीमा प्रसूति गराउन कठिनाइ भएपछि ३० वर्षीया सुजा जबेगु र १८ वर्षीया भूमिका पन्त चौहानलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।

फालेलुङ स्वास्थ्य शाखाका प्रमुख सुरज पास्वानका अनुसार जबेगुलाई मुटुको समस्या रहेको र चौहानको शिशुको तौल कम भएकोले स्वास्थ्य चौकीमा प्रसूति गराउन असम्भव भएको थियो। स्वास्थ्य जोखिमका कारण उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउनुपरेको जानकारी दिए।

ऊनको स्वीटर टेजर

अविरल वर्षाका कारण पुलहरू र सडकहरू भत्किँदा यातायात अवरुद्ध भएकोले गर्भवती महिलाहरूलाई सवारी साधनबाट लैजान सम्भव नभएको थियो। यस्तो विषम परिस्थितिमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङको पहलमा हेलिकप्टरको तत्काल व्यवस्था गरिएको हो।

नेम्वाङले राज्यले आपतकालीन अवस्थामा बेवास्ता गरेको भन्दै आलोचना गरे। उनले यस्तो विपत्तिमा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। हेलिकप्टरले सोमबार दिनको २ बजेर ५६ मिनेटमा फालेलुङबाट उडान भरेको थियो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय