पाँचथर। पर्यटन प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. १ र २ को संगम स्थल हिवारी डाँडामा निर्माण गरिएको झोलुङ्गे पुलको मंगलबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

Pasupati Ayurvedic
Nepalitheme

पुलको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम, उपाध्यक्ष सन्तोष शेर्मा र मिक्लाजुङ २ का वडा अध्यक्ष महेन्द्रप्रकाश थापाले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो।

उक्त पुल सिरीजंग ग्रामिण विकास केन्द्रको प्राविधिक तथा सामाजिक संगठनात्मक सहयोगमा, ट्रेल बृज सपोर्ट युनिट (टीबीएसयू) र मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो। पुल निर्माण गत असार २५ गते सम्पन्न भएको थियो।

ऊनको स्वीटर टेजर

मिक्लाजुङ २ का वडा अध्यक्ष महेन्द्रप्रकाश थापाका अनुसार, पूर्व स्थानीय विकास मन्त्री तथा सिरीजंग ग्रामिण विकास केन्द्रका संस्थापक अध्यक्ष पूर्ण कुमार शेर्मा र केन्द्रका उपाध्यक्ष तथा समाजसेवी डिगम बहादुर शेर्माको संकल्प र सपना साकार पार्न यो पुल निर्माण गरिएको हो। यस पुलले ऐतिहासिक हिवारी डाँडामा भौतिक संरचनाहरूको विकाससंगै यस क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने छ।

पुलको लम्बाई १ सय २० मिटर रहेको छ, जसले दुई वडालाई जोड्दै यस क्षेत्रको आवागमनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा सहभागी नेताहरूले पर्यटनको विकासले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

श्रोत : रेडियो दिव्यवाणी

 

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय