फिदिम,पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

कोशि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँचथर सदरमुकाम फिदिमदेखि झापाको विर्तामोडसम्मको गाडी भाडादर ८ सय ७० रुपैयाँ तोकेको छ।

इलामसम्मको भाडा ४ सय रुपैयाँ र इलामदेखि विर्तामोडसम्मको भाडा ४ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। साथै, फिदिमदेखि ताप्लेजुङसम्मको भाडा ५ सय १५ रुपैयाँ रहेको छ।

ऊनको स्वीटर टेजर

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले तोकिएको भाडादर भन्दा बढी रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिनुभएको छ। उहाँले भने, “यात्रुलाई टिकट दिएर मात्र यात्रा गराउन व्यवसायीलाई भनेका छौँ। टिकट दिए/नदिएको र निर्धारित भाडादरभन्दा बढी रकम लिए/नलिएको कडाइका साथ चेकजाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छु।” साथै, जिल्ला भित्रका विभिन्न स्थानको भाडादर छिट्टै निर्धारण गरिने जानकारी पनि दिनुभएको छ।

स्थानिय यातायात व्यवस्थापन समितिको बैठक बसेर जिल्लाबाट अन्य जिल्ला तथा जिल्ला भित्र सञ्चालन भएका सार्वजनिक सवारीको भाडा निर्धारणका लागि सात सदस्यीय समिति गठन गरिएको छ। यस समितिमा यातायात व्यवस्था कार्यालय इलामका सुभाष बराल, जिल्ला प्रशासन कार्यालयका प्रकाश अधिकारी, ट्राफिक कार्यालयका प्रमुख कुल बहादुर बुढाथोकी, र यातायात व्यवसायीहरू मेदनी खत्री, प्रदिप केरुङ, धनेश्वर गजुरेल, र देविराज कुरुम्बाङ रहेका छन्।

समितिले तमोर कोरीडरको फिदिम–मुलघाट खण्डलाई अस्थायी रुट कायम गरी ९ सय रुपैयाँ भाडादर तोक्न सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय