याङवरक, पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको याङ्वरक गाउँपालिका-२ स्थित मेवा खोलामा स्थानीयले श्रमदान गरेर ड्राइभसन निर्माण गरेका छन्। जस्ले यातायात पुन: सुचारु भएको छ। गत वर्षको असार २ गतेको अविरल वर्षाले मेवा खोलामा आएको बाढीले पक्की पुल बगाएपछि स्थानीयले निकै ठूलो सास्ती भोग्दै आएका थिए।

ऊनको स्वीटर टेजर

हिउँदको समयमा लगाइएको अस्थायी पुलले गाडी आदानप्रदान गर्न सहयोग गरेपछि स्थानीय खुसी भए पनि बर्खाको समयमा पुल फेरि बगायो। जसका कारण याङ्वरक-१ र २ नम्बर वडाका बासिन्दाहरूलाई आवतजावतमा र खाद्यान्न सामाग्री ल्याउन ठुलो समस्याहरू आए। फलाइचा बजार र च्याङथापु बजारमा खाद्यान्न संकटसमेत उत्पन्न भयो।

भदौ १४ गतेको बाढीले अस्थायी काठेपुल बगाएपछि, स्थानीय बासिन्दा र च्याङथापु इलाका प्रहरी कार्यालयले श्रमदान गरेर २ वटा होम पाइप राखेर नयाँ ड्राइभसन निर्माण गरेका छन् । श्रमदानको अभियान च्याङथापु इलाका प्रहरी कार्यालयका इन्चार्ज भीमराज थेवेको संयोजनमा गरिएको थियो।

ड्राइभसन निर्माणका लागि आवश्यक दुईवटा होमपाइप मेवा खोला हाइड्रोपावरले निःशुल्क उपलब्ध गराएको थियो। भने तारजाली शिवशक्ती रोशन जेभीले सहयोग गरेको स्थानीय बिमल चाम्लिङले जानकारी दिए। एक हप्ताको श्रमदानपछि शुक्रबारदेखि यातायात सुचारु भएको छ।

स्थानीयहरूले यसबीचमा यातायात बन्द हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएको गुनासो गरेका छन्। पालिका अध्यक्ष सुबास मेयोङ्वाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रमदान नगर्न आग्रह गरे पनि स्थानीय बासिन्दाले आफ्नै पहलमा यो अभियान सफल पारेका हुन्।

यो सडक मध्यपहाडी राजमार्ग अन्तर्गत पर्दछ, जसले पर्यटकीय क्षेत्र तिम्बुपोखरी र छिमेकी राष्ट्र भारतको चिवा भञ्ज्याङसँग जोड्छ। यसै सडकमार्गबाट छिमेकी जिल्लाको सिदिङ्वा गाउँपालिका-१ कालिखोला जाने पनि मुख्य मार्ग हो।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय