Nepalitheme
Pasupati Ayurvedic

पाँचथर ।
फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनलाई समाजसेवामा समर्पित गर्दै शुक्रवार विशेष कार्यक्रमको आयोजना गरेका छन्।

नगरप्रमुख काफ्लेले फिदिम-४ सालघारीस्थित जागृती आधारभूत विद्यालयमा अशोकको बिरुवा रोपेर पर्यावरण संरक्षणमा योगदान गर्दै जन्मदिनको अवसर मनाएको हो।

ऊनको स्वीटर टेजर

कार्यक्रमलाई थप विशेष बनाउँदै, नगरप्रमुख काफ्लेले विद्यालयमा आवासीय रूपमा अध्ययनरत ४८ जना विद्यार्थीहरूलाई फलफूल र अन्य पोषणयुक्त खाद्य पदार्थ वितरण गरे। यस कार्यले विद्यार्थीहरूमा उत्साह थपेको थियो भने शिक्षालयमा सकारात्मक वातावरण सिर्जना गरेको छ।

कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइँटेल, नगरपालिकाका अन्य कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरप्रमुख काफ्लेको सामाजिक दायित्वप्रतिको सक्रियता स्थानियबासीले प्रशंसा गरेको प्रधानाध्यापक लुइँटेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय