फिदिम ।

Nepalitheme
Pasupati Ayurvedic

अखिल (क्रान्तिकारी) फिदिम नगर कमिटीमा प्रमोद बाँस्कोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित भएको छ।

सोमबार फिदिमस्थित सगुन होटलको सभाहलमा सम्पन्न नगर कमिटीको चौंथो सम्मेलनबाट सो कमिटी निर्वाचित भएका हुन्। बाँस्कोटाको अध्यक्षतामा निर्वाचित नयाँ कमिटीको उपाध्यक्षमा मेरिना आङ्देम्बे र कमल ढुङ्गेल, सचिवमा गंगाराम तुम्रोक, सहसचिवमा रिजन तुम्बापो र प्रतिभा मगर, कोषाध्यक्षमा सुरेन्द्र न्यौपाने निर्वाचित भएका हुन्। नवनिर्वाचित कमिटी २५ सदस्यीय रहेको अनेरास्ववियु (क्रान्तिकारी) नगर कमिटीका निवर्तमान अध्यक्ष चन्द्र प्रकाश तुम्बापोले बताए।

ऊनको स्वीटर टेजर

अधिवेशनको कार्यक्रममा प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य तथा फिदिम नगर कमिटी इन्चार्ज राधाकृष्ण न्यौपानेको उद्घाटन गरेका थिए। कार्यक्रममा त्यस्तै नेकपा (माओवादी केन्द्र) फिदिम नगर कमिटी अध्यक्ष देवि थापा, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव चन्द्र माङ्मु र सुर्य बेघा, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य योगेन्द्र बेघा, (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोक लगायतको उपस्थिति रहेको थियो । sumhatlingtimess

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय