फिदिम ।
पाँचथरको फिदिममा निशुल्क हाडजोर्नी शल्यक्रिया शिविर संचालन हुने भएको छ ।

Nepalitheme
Pasupati Ayurvedic


आगामी कार्तिक ५ गते देखि ९ गते सम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लव अफ ललितपुर,फिदिम नगरपालिका तथा जिल्ला अस्पताल पाँचथरको संयुक्त आयोजनामा शिविर संचालन हुने भएको हो ।

शिविरमा हड्डी सम्बन्धि सबैखाले उपचार हाडजोर्नी विषेशज्ञ डाक्टरबाट हुने जनाएको छ। जस्मा खुट्टाको पैताला फर्किएको, जन्मजात हात खुट्टा बाङ्गीएको, हातखुट्टाका विकृतिजन्य समस्याहरु, हात या खुट्टा भाँचिएका, हात वा खुट्टा भाचिएर बाङ्गिएको जोडिएका भाँचिएकोमा पाता वा किला राखिएका छन् भने त्यसलाई निकाल्न र हात आगोले पोलेको,हात खुट्टामा भएका गाँठा गुठीहरु निकालिने भएको हो ।

ऊनको स्वीटर टेजर


उक्त रोगको शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल जानुपर्ने हुँदा विपन्न परिवारलाई समस्या हुने हुँदा घर आगनमै सेवा दिने उद्धेश्यले उक्त शिविर गर्न लागिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।


शुक्रबार फिदिम नगरपालिकामा बसेको वैठकले नि:शुल्क शिविर संचालन गर्ने निर्णय गरेको हो ।
वैठकमा जिसस पाँचथर प्रमुख रामराज आङदेम्बे,प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला,लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय