जेभाले फिदिम, पाँचथर-

Nepalitheme
Pasupati Ayurvedic

आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पाँचथरको फिदिम नगरपालिका -१३ जेभालेमा ढुङ्गामा खोपेर बिना धातु विभिन्न ऐतिहासिक व्यक्तिहरुको मुर्ति निर्माण गरेका छन्।

त्यहा सबैभन्दा ठुलो सुम्निमा र पारुहाङको मुर्ति छन् । लम्बाई १२.५ फुट र चौडाइ १७.५ फुटेको छ। चटान नै चटानले भरिएको त्यस ठाउँमा १६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द, गौतम बुद्ध, नेपालको राष्ट्रिय झण्डा र शिव भगवानको मुर्ति बिना धातु ढुङ्गामा खोपेर निर्माण गरिएको छ।

ऊनको स्वीटर टेजर

गुप्तेश्वर महादेव थान मुन्धुम पार्क हुक्मा डाँडा पर्यटन प्रवर्द्धन विकास संस्था फिदिम १३ जेभाले समिति निर्माण गरि गजेन्द्र राइको अध्यक्षमा २०८१ साल असार ९ गतेदेखि निर्माण कार्यको काम सुरु गरेको थियो । दुई महिना नबित्दौ निर्माण कार्यको काम अन्तिम चरणमा पुगेको छ।

सदरमुकाम फिदिम देखि फिदिम फालोटको सडक भएर डेरी बजार पुगेपछि कच्ची सडक भएर त्यस ठाउँमा पुगिन्छ । त्यहाँ धार्मिक स्थल गुप्तेश्वर महादेवको मन्दिर पनि छन् त्यहा पुग्नसाथ गुप्तेश्वर महादेवको प्रवेशद्वार गेटले स्वागत गर्छन्। सुनसान वस्ती पन्चमी भञ्ज्याङ् आन्तरिक र वाह्य पर्यटनको लागि अत्यन्तै उपयुक्त ठाउँ हो।

पन्चमी भञ्ज्याङ् देखि हुक्मा डाँडासम्म करिब १ किलोमिटर छन् । त्यस भित्र ढुङ्गा नै ढुङ्गा मिलेर बसेकोले त्यस ठाउँलाई रक गार्डन् भनेर नाम दिइएको छ। फाल्गुन अन्तिम देखि वैशाख अन्तिमसम्म लालीगुराँस ढकमक फुलेको हुन्छ। हुक्मा डाँडा त्यस ठाउँको भ्यू प्वाइन्ट हो। त्यहाँबाट फिदिम नगरपालिकाको सबै वडा, छिमेकी जिल्ला र सगरमाथा हिमाल र पाथीभरा मन्दिरको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । सोही ठाउँमा वनभोज खान आउनेको लागि पकाउने सबै सामाग्री त्यहा स्थानीयले नि:शुल्क उपलब्ध गराइदिएको छ।

पर्यटन प्रवर्द्धनको लागि त्यहा पात्ले भञ्ज्याङ् देखि हुक्मा डाँडा सम्म गतवर्ष नै ढुङ्गाको सोलिङ लगाएर पैदलमार्ग निर्माण गरिएको छ। पर्यटन प्रवर्द्धन र गाउँ विकासको लागि दिनरात खटिरहनु हुन्छ समिति अध्यक्ष गजेन्द्र राई । उहाँको मेहनत र कदमले गर्दा जेभालेको मुहार फेरिएको स्थानीयहरु बताउँछन् ।

अध्यक्ष राईले सरकारको एक रुपैयाँ लगानी विना मुर्ति निर्माण गरेको हो । फेस्बुकको भरमा देश तथा विदेशबाट साथीहरुले पठाएको रकमको भरमा निर्माण गरेको छ। करिव ११ लाख रुपैयाँमा सोही ठाउँका मुर्तिकार बिमल राईले काम जिम्मा लिएको थियो। बिमल राईले पहिलो पटक यस्तो मुर्ति बनाउने काम लिएको थियो। उनले भने ढुङ्गाको भिरमा चाङ थापेर काम गर्न धेरै चुनौती रहेको बताए । त्यसमा ज्यानेटरमा ग्यारेन्डर, छिनो र टोकटोकेको भरमा काम गर्नु पर्छ। ग्यारेन्डरले ढुङ्गा खोप्दा ढुङ्गाको धुलो आँखामा पस्ने भएकोले स्वास्थ्यमा ठुलो समस्या आउने बताउँछन् ।

अध्यक्ष राईले आर्थिक सहयोग पाए सुम्निमा र पारुहाङको अगाडी माङ्खिम बनाउने सोच बनाएको छ । त्यसलाई सम्भव भए ‘बहु सांस्कृतिक बहु धार्मिक’ महोत्सव गरेर उद्धाटन गर्ने राईले बताउनुभयो ।

तस्विरहरु-

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय