फालेलुङ, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङ्बुङ चोकमा राँके मेला लाग्ने भएको छ।

परापूर्वकाल देखि ऐतिहासिक रुपमा लाग्दै आइरहेको मेला साउन २ गते देखि ६ गतेसम्म मेलाको आयोजना गरिएको सल्लाहकार शिल्प साम्पाङले बताउनुभयो । केही वर्ष अगाडि भौतिक निर्माण र कोभिड-१९ को कारणले गर्दा मेला रोकिएको थियो। यश वर्षदेखि निरन्तर मेला संचालन गर्ने आयोजकले जानकारी दिनुभयो ।

ऊनको स्वीटर टेजर

पर्यटकीय सिमावर्ती क्षेत्र प्रवेशद्वारको रुपमा रहेको प्राङ्बुङको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन विकाससँगै खेलकुदको विकासबाट स्थानीय स्थरमा खेलाडीहरुको उत्पादन साथै युवाहरूमा फुटबल प्रति आकर्षित गरि लागूऔषध दुर्व्यसनबाट टाढा राख्दै सामाजिक कार्यमा उत्प्रेरित गराउने उदेश्यले मेलाको आयोजना गरिएको साम्पाङले बताउनुभयो ।

मेलाको प्रमुख आकर्षण पुरुष तर्फको फुटबल प्रतियोगिता हुने जनाएको छ। प्रतियोगितालाई आर्थिक सहयोग-५ नम्बर वडा कार्यलयले गर्ने भएको हो। प्रायोजक राष्ट्रिय पूर्वी पहाडी वन पैदावर व्यवसायी संघ पाँचथर र गोर्खा ब्रुअरी नेपालले गरेका छन् । प्रवर्द्धक दीप ज्योति युवा क्लब पाँचथर र फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था पाँचथर रहेको हो भने, प्राङ्बुङ स्पोर्टिङ क्लबले आयोजना गरिएको मेलाका अध्यक्ष गणेश खपाङीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय