पाँचथरको फिदिम नगरपालिका-१४ मा कुटपिटबाट घाइते भएका एक जना युवकको मृत्यु भएको छ ।

Pasupati Ayurvedic
Nepalitheme


स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते हुनु भएका फिदिम १४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेश सहित २८ वर्षका पर्शुराम राई २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए ।

ऊनको स्वीटर टेजर

कुटपिटका कारण सख्त घाइते हुनु भएका राईलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल अस्पतालमा ल्याइएको थियो । उहाँलाई शुक्रवार बिहान चार बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले बताउनुभयो ।

उहाँका अनुसार घाइते भएका मध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम,र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

उनीहरू बिच झगडाको कारण खुल्न सकेको छैन भने कुटपिटमा संलग्न युवाहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय