पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने पालिकाका २९ कृषकलाई पुरस्कृत गर्दैछ।

Nepalitheme
Pasupati Ayurvedic

पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २७ र १०० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २ गरी २९ कृषकलाई नगद सहित पुरस्कृत गर्ने भएको हो।

धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यन्वयन कार्यबिधि २०८० बमोजिम ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने कृषकलाई जनही ३० हजार रुपैंयाँ र १०० मुरीभन्दा धेरै धान उत्पादन गर्ने कृषकलाई जनही ५० हजार रुपैंयाँका दरले पुरस्कृत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए।

ऊनको स्वीटर टेजर

गाउँपालिकाले धानको उत्पादन बृद्धि गर्न यस्तो कार्यक्रम ल्याएको थियो। सोहि अनुसार पालिकामा दाबि पेश गर्न आएका कृषकको जनप्रतिनिधि सहितको टोलीले अनुगमन गरी प्रोत्साहन स्वरुप पुरस्कृत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तुम्रोकको भनाई छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय