पाँचथरका नेपाल प्रेस युनियनले स्थानिय पर्यटकीय ठाउँको प्रवर्द्धन गर्ने उदेश्यले तमोर नदिको किनार (माझीटार) मा बनभोजको आयोजना गरेको छन्।

Nepalitheme
Pasupati Ayurvedic

सनिवार फिदिम नगरपालिका -४ र हिलिहाङ गाउँपालिका-७ र छिमेकी जिल्ला तेह्रथुमसँग जोडिएको मध्यपहाडी मार्गसँगै तमोर नदीको किनारमा बनभोजको आयोजना गरेको हो। बनभोज कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति रुपनाराण जबेगू, निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, कुम्मायक गाउँपालिका अध्यक्ष बमबहादुर लावती, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष गिरिराज बाँस्कोटा र मित्रसंगठन प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस समाजवादी र अन्य काङ्ग्रेसका सहयोगी संगठनहरुको उपस्थितिमा बनभोज कार्यक्रम सम्पन्न भएको हो।

बनभोज कार्यक्रममा विभिन्न प्रतियोगिता कार्यक्रम भएको थियो। बनभोज एउटा पत्रकारहरुको माया, प्रेम, सद्भाव र स्नेहा साट्ने माध्यम बनाएको नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरका अध्यक्ष खबिन लुइँटेलले बताए । स्थानीय ठाउँहरुलाई पर्या-पर्यटन प्रवर्द्धन गर्न प्रचार प्रसारको ठूलो सहयोग पुग्ने भएकोले बनभोजको आयोजना तमोर नदीको किनारमा गरिएको युनियनका प्रदेश लेखा संयोजक तथा सञ्चारकर्मी लक्षमी गौतमले बताए ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय