फालेलुङ पाँचथर

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फालेलुङ गाउँपालिका-८ सफल कृषक सहकारी संस्था लिमिटेडद्वारा सार्बजनिक सुनुवाई तथा सामाग्री र औषधी वितरण गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र पाँचथरको आर्थिक सहयोगमा निर्माण गरिएको १६ वटा गाईको गोठ निर्माण कार्य सम्पन्न भएको छ। एक गोठमा ७५ प्रतिशत अनुदान र २५ प्रतिशत व्यक्तिको लगानीमा गोठ निर्माण गरिएको हो। निर्माणकार्य सम्पन्न पछि सार्बजनिक सुनुवाई मंगलबार गरिएको थियो।

ऊनको स्वीटर टेजर

कृषि पशु सहकारी संस्थासँगको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत ३० लाख बजेट सहकारी संस्थाको नाममा कार्यक्रम परेका थिए । भेटेरीनरीबाट ३० लाख र जनश्रमदानबाट १० लाखगरि ४० लाखको गोठ सुधार, नयाँ गोठ निर्माण र पशुको औषधी, समाग्री वितरण गरिएको संस्थाका अध्यक्ष घनेन्द्र केरुङले जानकारी दिनुभयो।

संस्थाका ५३ सेयर सदस्यले पशुको औषधी, दुग्धधुने बाल्टी र दुग्ध बोक्ने केन पाएका छन् । भने, गाई र भैंसीका लागि दानाकाट्नको लागि च्यापकटर ६ थान कृषकलाई वितरण गरिएको अध्यक्ष केरुङले बताए ।

संस्थाले छोटो समयमा धेरै काम गर्दै आएको पालिका उपाध्यक्ष महेन्द्र जबेगूले बताउनुभयो । यो भन्दा पहिला पनि फलफूलको बिरुवा वितरण गरेको थियो। २ लाख ५० हजार बराबरको भेटेरीनरीबाट पशुको औषधी वितरण गरेको छ। एउटा वडामा वार्षिक पालिकाले दिनेभन्दा धेरै औषधी रहेको जबेगूले बताउनुभयो ।

सार्बजनिक सुनुवाई संस्थाको अध्यक्ष घनेन्द्र केरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगु, विषेश अतिथि ८ नम्बरका वडाध्यक्ष श्रीहाङ केरुङ र विभिन्न सहकारी संस्थाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय