सोलुखुम्बु

Nepalitheme
Pasupati Ayurvedic

याक तथा चौंरीपालक कृषकहरुको साझा संस्था याक तथा चौंरी व्यावसायिक संघ नेपालको लोगो सहित सोलुखुम्बुका पासाङ रिन्जी शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

जेठ १० गते सनिवार बिहानको ५ बजे शेर्पाले सफल आरोहण गरेका हुन् । शेर्पा याक तथा चौंरी कृषक महासंघ सोलुखुम्बुको सदस्य पनि हुन् । उनले लामो समयदेखि याक तथा चौंरी संरक्षणको क्षेत्रमा काम गदै आइरहेको थियो।

ऊनको स्वीटर टेजर

हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धन, नेपाली संस्कार संस्कृतिको संरक्षणसँगै सिङ्गो हिमालको अस्तित्व रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने याक चौंरीको लोप भइरहेको परिपेक्षमा जलवायु परिवर्तनका कारण हिमाल र याक पालनमा परेको असरसँगै लोपोन्मुख अवस्थामा रहेको याक तथा चौरीको संरक्षण गर्नु पर्ने सन्देश विश्वलाई प्रवाह गरी यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गर्न संघको लोगों विश्वको सर्वोच्च शिखरमा पुराएको केन्द्रिय पूर्व अध्यक्ष नुरु शेर्पाले बताएका छन् ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय