फाल्गुनन्द पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाई नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाको कार्यलय फाक्तेपमा एक कार्यक्रम गर्दै माघ २९ गते सोमबार ५० मुरीदेखि १ सय मुरी धान फलाउने कृषकलाई नगद ३० हजार सहित सम्मान पत्रले २७ जनालाई सम्मन गरेको छन भने, १ सय भन्दा माथी धान फलाउने दुईजना मकरबहादुर बम्जन तामङ र गणेश चेम्जोङलाई नगद ५० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो।

ऊनको स्वीटर टेजर

मकर बहादुर बम्जनले जम्मा १ सय ६७ मुरी धान फलाएका थिए भने गणेश चेम्जोङले १ सय १६ मुरी धान फलाएको थियो। बम्जन फाल्गुनन्द – १ नवमी डाँडाका हुन भने चेम्जोङ फाल्गुनन्द – ७ आङ्साराङका हुन्। जम्मा २९ जना कृषकलाई गाउँपालिकाको बजार घुर्बिसे पञ्चमीमा नौँमती बाजा र लिम्बू समुदायको च्याब्रुमसहित बजार परिक्रमा गराएका थिए। धान फलाउने कृषकलाई मात्र होइन आगामी सालदेखि विभिन्न नगदेबाली सफल कृषकलाई पालिकाले पहिचान गरेर सम्मान गर्ने प्रशासकीय प्रमुख निर्मल तुम्रोकले बताए।

स्थानीय सरकार भएको दोस्रो कार्यकाल देखि दोस्रो आर्थिक वर्षमा पालिकाको १२औं अधिबेशनबाट आफ्नो निति तथा कार्यक्रममा किसानलाई प्रोत्साहन स्वरुप उत्पादन क्षेत्रमा वृद्धि गर्नको लागी निति तथा कार्यक्रम निर्माण गर्न रकमको व्यवस्थापन गरेको पालिका उपाध्यक्ष ठाकुरसिंङ नेम्बाङले बताए । गाउँपालिका क्षेत्र भित्र उत्पादन हुने धान, मकै, गहुँ लगायत मासुजन्य, दुधजन्यमा वृद्धि गरेर पालिकाले लैजाने बताए । पालिका भित्रका आर्थिक, भौतिक र पर्यटनलाई समृद्ध बनाउने र कृषि जन्य बनाए स्तर उन्नति गराउने समेत नेम्बाङले बताए । कृषि, व्यावसय गर्नेलाई पालिकाले अनुदान स्वरुप लगानी गर्ने एक घर एक सफल कृषक बनाउने उपाध्यक्षको भनाइ छ।

पालिकाले खाद्यान्नमा आत्मा निर्भर हुनुपर्ने मान्यताका साथ निति तथा कार्यक्रममा धान खेतीलाई छनोट गरेर धानखेती गर्ने कृषकलाई सम्मान गर्ने घँषणा गरेपछि पालिकाले सुचना सार्बजनिक गरेको पालिका अध्यक्ष बृजहाङ आङ्देम्वेले जानकारी दिए । पुरस्कार गर्ने घँषणाको सूचना आव्हान गरेपछि ५० जना कृषकले दाबी गरेपछि आफ्नै जमिनमा उत्पादन गर्ने कृषक नभएको अरुको जमिनमा अदिया, कुत्तो र ठेक्का गर्दै आएको किसान भेटिएपछि पालिकाले छनोट गरेर २९ जना कृषक चयन गरि सम्मन गरेको अध्यक्षले बताए । पालिकाले गाई प्रवर्द्धन कार्यक्रम, अकबरे खोर्सानी, दुग्दजन्य बस्तुहरुमा सामाग्री वितरण, सुन्तला पकेट क्षेत्रमा सुन्तलाका बेर्न वितरण जस्ता कार्यक्रमहरुले पालिकालाई टेवा पुराइरहेको दाबी रहेको छ्। उत्पादनलाई बढाइरहदा खेरि सिचाइलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको अध्यक्षले बताए । कृषकको खेत जोत्न, खेतमा पानी ल्याउन पालिकाले विभिन्न उपकरणहरु कृषकलाई उपलब्ध गराउने बताए । कृषकहरुको खेत सम्म पुग्ने मोटरबाटो निर्माण गर्ने र अन्य विभिन्न नगदेबाली उत्पादन हुने कृषी योग्यठाउँहरुमा सिजन अनुसारको खेती गर्न कृषकलाई आव्हान गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय