पाँचथर।
माघ १ गते माघे संक्रान्ती किरातीहरुको नयाँ वर्ष ५०८४ पुर्वको विभिन्न जिल्लाहरुमा नयाँ सालको रुपमा आफ्नै जातजातिको संस्कार सांस्कृतिक अनुसार मनाएकाछन्।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरमा पनि विभिन्न ठाउँमा मेला महोत्सव लगाउदै मनाएको छ। पछिल्लो समयमा पर्यटकीय क्षेत्रको रुपमा चर्चा कमाउँदै आएको तेह्रथुम र पाँचथरको सिमाना तमोर नदीको किनार (माझिटार) मा बृहत मेला लागेको छ। पाँचथरको सदरमुकामदेखि नजिक पर्ने माझिटारमा आज सयौंको उपस्तिथिले घुइँचो देखियो। मध्यपहाडी राजमार्गसँग जोडिएको त्यस ठाउँ प्रचार-प्रसार भए अझै बाह्य पर्यटनपनि बढ्ने सम्भावना छ।

स्थानीयले पर्यटन प्रवर्द्धन गर्नको लागि त्यस नदीमा बोटिङ शुरूवात गरेको छ। सधै सनिवार मात्र घुइँचो हुने बोटिङमा आज माघे संक्रन्तीमा बोटिङ चलाउने भ्याइनभ्याई देखियो। त्यहाँ स्थानीय दिपेन्द्र तुम्बापोले ३ वटा बोटिङ संचालनमा राखेको छ। मेलाको आफै संयोजक हुँदै त्यहाँका स्थानीय माझी समुदायको आर्थिक उन्नतिमा वृद्धि र पर्यटनको प्रचारको लागि माझीटारमा मेला लगाइएको तुम्बापोले बताए ।

ऊनको स्वीटर टेजर

बोटिङ गर्नका लागि पर्यटकहरु विभिन्न जिल्लाबाट आउने तुम्बापोले जानकारी दिए। बोटिङबाट त्यहाँका स्थानीय माझीहरुले रोजगार पाउँने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ। बोटिङ चलाएबापत राम्रो आमदानी हुने तुम्बापोले बताए।

मेलामा हाउजी खेल र भलिबल प्रतियोगिता भएको थियो। स्थानीय परिकार र लिम्बू समुदायको घाननाचँ पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय