सुबाश राई समिप ।
सूर्योदय हेर्न तिनसिमानामा विदेशी पर्यटनको घुइँचो देखिन थालेको छ। मित्र राष्ट्र भारत र नेपालको संगम स्थल फालेलुङ तिनसिमानामा बिहानको ५ बजेनै आन्तरिक र बाह्री पर्यटनको सूर्योदय हेर्न घुइँचो देखिन्छ ।

Nepalitheme
Pasupati Ayurvedic

नेपालको सुदुरपुर्वमा पर्ने पाँचथर जिल्ला सदरमुकाम देखि उत्तरी भागमा पर्ने फालेलुङ गाउँपालिका जिल्लाकै सुन्दर र पर्यटकीय क्षेत्रको रुपमा मान्न थालेको छ। गाउँपालिकाको केन्द्रदेखि पुर्वमा पर्ने ४ वटा वडाहरु ३,४,५ र ६ नम्बर मित्र राष्ट्र भारतसँग सिमाना जोडिएको छ। उच्च सिमावर्ती क्षेत्र आन्तरिक र बाह्य पर्यटन क्षेत्रको चर्चित ठाउँ छन। त्यस ठाउँमा घुम्न विभिन्न राष्ट्रको पर्यटकहरू आउँछन् ।

मित्र राष्ट्र भारतको पदमार्ग व्यवस्थित छन । उनिहरुले महिनामा सिजननुसार ३ हजार देखि ४ हजार सम्म पर्यटन भित्र्याउछन। उनीहरुको अन्तिम गन्तव्य भनेको तिनसिमाना फालोट हो। तिनसिमानाबाट सूर्योदय र सूर्योस्तको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । स्थानीय चौरी पालक तथा पर्यटन व्यावसायिक चन्द्रलाल नेपालको भनाइ अनुसार इलामको श्रीअंतु भन्दा राम्रो सूर्योदय र सूर्योस्तको दृश्यहेर्न सकिने बताए ।

ऊनको स्वीटर टेजर

तिनसिमानाबाट विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंगा, कुम्भकर्ण, मकालु साथै भुटान र सिक्किमको हिमालको दृश्य अवलोकन गर्न सकिने छ। स्थानिय गोठ्ष्टे श्याम थाम्सुहाङको भनाइ अनुसार बिहान या बेलुकीको मौसम सफा भएमा दुबै राष्ट्रको विभिन्न जिल्ला र तराइ क्षेत्र पनि देखिने उनिहरु बताउँछन् ।

दुबै राष्ट्रका पर्यटकहरू छिमेकी जिल्ला इलामको सन्दकपुर हुँदै चारराते, शिखरघुम देखि तिनसिमाना फालोट आउँछन् । पछिल्लो समयमा पर्यटक बढेसँगै स्थानीय सरकारले सरकारकै लगानीमा चारराते याक होमष्ठे निर्माण गरेको छ। त्यस होमिष्टे ऐले डिल्ली प्रसाद केरुङले लिजमा लिएर संचालन गरिरहेको फालेलुङ प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्बेले बताए । आहाल, चारराते, नेपालीटार र फालोटमा व्याक्तिगत लगानीमा गोठष्टे संचालनमा रहेको आङ्देम्बेले बताए ।

त्यस ठाउँलाई पर्यटन प्रवर्द्धन गर्न २०७४ सालदेखि चौरी पर्यटन महोत्सव लगाउन थालेको छ। निरन्तर महोत्सव लगाइरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले बताए । यसपटक देखि तिनसिमाना क्षेत्रलाई अझै प्रवर्द्धन गर्न प्रथम फालेलुङ पर्यटन महोत्सव गाउँपालिकाकै आर्थिक सहयोगमा शुरुगरेको जबेगूले जानकारी दिए।

पर्यटकीय क्षेत्र फालोट , शिखरघुम , चारराते र आहाल क्षेत्रमा विश्वको दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) पाउँछन् । रेडपाण्डालाई संरक्षण गर्न स्थानिय सरकार र फालेलुङ ६ का क्लब दिप ज्योति युवा क्लबले एन्जियो रेडपाण्डा नेटवर्कसँग सहकार्य गरेर संरक्षण गरिरहेको छ। पछिल्लो समयमा याक चौरीले फालेलुङको चिनारी बन्दै गएको छ। चौरीलाई सुधार गर्न छिमेकी राष्ट्र चिनले नक्सल सुधारको लागी २ वटा भाले याक “चौरी कृषक समुह” फालेलुङलाई दिएको छ। याकचौरीलाई संरक्षण गर्न विभिन्न संघसंस्थाहरु लागिपरेको चौरी व्यावसायिक गिरिधारी रिजालले बताए ।

ऐले फालोट , नेपालीटार र चारराते आहाल सम्म नेपालको बाटो हुँदै सवारीसाधनमा पुग्न सकिन्छ । पाँचथर जिल्लाकै पर्यटकीय गाउँपालिकाको रुपमा फालेलुङलाई चिनिने पाउँपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले बताए । धार्मिक स्थल, गुम्बा, मन्दिर, चर्च , सेमिचोङ भवन पर्यटकीय स्थलहरु पछिल्लो समयको चर्चित मुवा झर्ना, पानावा झर्ना र तिनछागे झर्न फालेलुङमा अवस्थित छन्। यस्लाई अझै प्रवर्द्धन गर्न प्रदेश र संघमा बजेट माघ गर्ने अध्यक्ष थाम्सुहाङको भनाइ छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय