ताप्लेजुङ – ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन अर्थात् डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन् ।

Pasupati Ayurvedic
Nepalitheme

डोकोभित्र १५ किलो बालुवा बोकेर सदरमुकामदेखि सुकेटारमा रहेको सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने झन्डै १४ किलोमिटरको दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की पहिलो भएका आयोजकले जनाएको छ । यस्तै फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा दूरी पार गरेर दोस्रो भएका छन् भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन् ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दशौँसम्मका लागि जनही एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

ऊनको स्वीटर टेजर

चलिरहेको महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने लगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन भोलि पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय