फालेलुङ,पाँचथर ।
पाँचथरको फालेलुङ गाउँपालिका -७ पापुन्देमा महागुरु फाल्गुनन्द लिङ्देङको निर्माण गरिएको शालिक कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङद्वारा उद्धाटन गरिएको छ।

Nepalitheme
Pasupati Ayurvedic

सोमबार एक कार्यक्रमका साथ शालिकको अनावरण गरिएको हो। किराँत धर्मगुरु तथा नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनले विक्रम संवत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारका लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् । सोही दिनको अवसर पारी लिङ्देनको शालिक अनावरण गरिएको महागुरु फाल्गुनन्द शालिक निर्माण तथा संरक्षण समिति अध्यक्ष तेजबहादुर आङ्बोले बताउनुभयो ।

आङबोहरुको मुन्धुमिक एतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक आङ्पजमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा शालिक निर्माण गरिएको हो। शालिक आङ्बो समुदाय र विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरि १२ लाख बजेटमा ६ फुटको शालिक निर्माण गरिएको स्थानीय रोहित आङ्बोले जानकारी दिए । त्यस ठाउँ आङ्बोहरु उत्पत्ति भएको स्थलपनि मानिएको छ।

ऊनको स्वीटर टेजर

प्रमुख अतिथि खापुङले महागुरुले कल्पना गरेर सुरुवात गरेको मार्गदर्शनमा लाग्नुपर्ने अनिमात्र लिङ्देनको आत्माले शान्ति पाउने बताए । अहिंसा आन्दोलनको सुरुवात भएको तर अझै यसको प्रचारप्रसार भएको छैन । त्यतिबेलाको राज्यव्यवस्था ऐन, कानुन विभेदपुर्ण थियो त्यसलाई लिङ्देनले आफ्नो शान्तिपूर्ण अभियानको आन्दोलनबाट त्यसबेलाको विभेदकारी समाजको अन्त्य गर्नुभएको खापुङ्ले बुझेको बताए ।

कार्यक्रममा बिशेश अतिथि लिम्बूहरुको ऐतिहासिक व्यक्तिव्त बृजाहाङपती जबेगूलाई आयोजक संस्थाले दोसल्ला लगाएर सम्मान गरेका छन् । जबेगूले पञ्चायतकालदेखि लिम्बूसमुदायको भाषा, लिपि र संस्कृतको जगेर्ना साथै प्रचार गर्दै हिडेका थिए । साथै कार्यक्रममा शालिक निर्माणका लागि नगद ५ लाख सहयोग गर्नुहुने काभ्रेका मधुसूदन पौडेललाई पनि दोसल्ला लगाएर सम्मान गरे। कार्यक्रममा विभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय