कुम्मायक,पाँचथर ।
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा त्रिशाली पुजाको अवसरमा प्रथम ऐतिहासिक खुल्ला प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

बैशाख १७ गतेबाट सुरुभएको प्रतियोगिता १९ गते सम्पन्न भएको हो। कुम्मायक बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग रहेको बुद्धिचाल संघ कुम्मायकका सचीव जकेन्द्र लाओतीले जानकारी दिए ।

प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुन्सरी, तेह्रथुम र धनकुटाका ५९ जना सहभागी भएको थियो। प्रतियोगितामा प्रथम विजेता झापाका प्रकाश नेपाल भएको छ। दोस्रो तलित बहादुर राई धरानका, तेस्रो राजेन्द्र राई, चौथो सुमन श्रेष्ठ, पाचौं उमेश राई, छैटौं खड्क सुब्बा, सातौं किशिर देभ राई, आठौं लोक सागर साम्बा नावौं चन्द कुमार मादेन र दशौं नारायण प्रसाद खतिवडा भएको छन् । भने पाँचथर जिल्ला प्रथम जय कुमार नेम्बाङ कुम्मायक गाउँपालिका प्रथम रोहन घिमिरे भएको हो। प्रथम विजेताले नगद २५ हजार, दोस्रो विजेताले १५ हजार र तेस्रो विजेताले १० हजार प्राप्त गरेभने अन्य विजेताले क्रमशः ८ हजारदेखि ५ हजार सम्म पुरस्कार वितरण गरिएको सचीव लाओतीले जानकारी दिए।

ऊनको स्वीटर टेजर

समापन कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष बम बहादुर आओतीले बुद्धिचाल प्रतियोगीले मानसिक विकासको वृद्धि हुने सकारात्मक सोचको बिकास हुने बताए । आउदो दिनहरुमा बुद्धिचाल खेलको लागि गाउँपालिकाले नीति तथा कार्यक्रम गरेर बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत राखे।

प्रतियोगितालाई प्रमुख आर्बिटरको रुपमा डम्बरबहादुर राईले सहजीकरण गरेका थिए । यसपटकको प्रथम ऐतिहासिक खुल्ला प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताका लागि गाउँपालिकाबाट १ लाख ५० हजार बजेट गाउँपालिकाबाट विनियोजित गरेको कुम्मायक बुद्धिचाल संघका अध्यक्ष गोबिन्द फुयालले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय